कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ
सर्लाही : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन । उनको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको पेस्तोल थान–१, नाम नखुलेको अर्को पेस्तोल थान–१, म्यागजिन थान–३ र गोली १५ राउन्ड बरामद गरिएको छ ।
