दसैंबारे मगरमा मतभेद
२०२० सालमा छुवाछूत उन्मूलन गरेको नयाँ मुलुकी ऐन आयो। आदिवासीलगायत सांस्कृतिक समुदायहरूले आफ्नो सांस्कृतिक मानव अधिकारको खोजी गरे। मनुस्मृतिमा आधारित कानुनहरू भत्कँदै गएपछि नेपालमा राज्यसत्ताको मूलधारमा रहेका कथित उपल्ला जातिहरूमा आफ्नो पहिचानमा खतराको भय उत्पन्न भयो। यसबाट उनीहरूले आदिवासीका भाषा–संस्कृतिमाथि आक्रामक तरिकाले राज्यसत्ताको माध्यमबाट औपनिवेशीकरण सुरु गरे। दसैंमा पूजा गरिने हतियारको भण्डार कोतघरमा कालीदेवी, जगत्रदेवी आदिको मूर्तिहरू स्थापना गर्न थालियो।
