SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यको मदिरा बरामद

परासी :भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख बराबरको मदिरा बरामद भएको छ । सीमावर्ती नाका सुस्ता गाउँपालिका-५ स्थित महलबारीबाट ओेल्ड मङ्क नाम गरेका ७४२ बोत्तल रम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । ७५० एमएलका उक्त रमको प्रति बोत्तल २ हजारका दरले कूल १४ लाख ८४ हजार मूल्य कायम गरेर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।