SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशका कर्मचारीको बढ्यो तलब

काठमाडौं : मधेस प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गरिएको नीतिगत व्यवस्थाअनुसार साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब बढाउने निर्णय गरेको हो।