SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको छ, अदालतबाट न्याय पाउनेमा आशावादी छु : देउवा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। उनले आफू मेलमिलापको पक्षमा रहेको बताउँदै अदालतबाट न्याय पाउने आशामा रहेको बताए।शुक्रबार कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान गर्नुपर्ने बताए। उनले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए।‘विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको छ।