SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।बराल काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ विभागमा अध्यापन गराउँदै आएका छन्। उनले सोही विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए।