SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा ७.३७ अंकको गिरावट, ४ अर्ब २७ करोडको सेयर कारोबार

काठमाडौं :  साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सात अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेको हो। अघिल्लो दिन नेप्से परिसूचक ९ अंकले बढेर बन्द भएको थियो।परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। बिहीबार ३ अर्ब ७२ करोड मूल्य बराबरको कारोबार भएकोमा यसदिन ४ अर्ब २७ करोड बराबरको कारोबार भएको हो।