SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

देउवा समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा सुरू भएको हो।भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला सुरू भएको हो। भेलाको निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। देउवा बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन्।