SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

त्रिशूलीमा बालुवा संकलन पुनः सुरु

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका मजदुरहरू त्रिशूली नदीबाट हातैले बालुवा संकलन गर्ने काममा पुनः फर्किएका छन्। केही दिनदेखि रोकिएको बालुवा संकलन कार्य समाचारको प्रभावसँगै गजुरी गाउँपालिकाको पहल र समन्वयपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।सुरक्षा सामग्रीको प्रयोग गरी सावधानीपूर्वक काम गर्ने सहमति भएपछि मजदुरहरू नदीमा फर्किएका हुन्।