सांसदका अमर्यादित बोली र जिम्मेवारी
सदीय अभ्यास आदर्शमय मूल्य–मान्यता र निष्ठामा आधारित हुनुपर्छ। संसद् राज्यका निम्ति नीति–कानुन निर्माणको थलो हुँदा सांसदहरूबाट प्रदर्शित बोली–व्यवहार नागरिकले ग्रहणयोग्य हुनुपर्छ। त्यसविपरीत सांसदका भद्दा बोली प्रयोगको दृश्य छरपस्ट हुँदै गर्दा संसदीय अभ्यासलाई नै संकटमा पार्ने हुन् कि भन्ने आशंका बढेको छ।
