SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

रोल्पाको लुङ्ग्रीमा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति करिब ८:३० बजेको समयमा आफ्नै घरमा बसिरहेका लुङ्ग्री गाउँपालिका–१ खदर निवासी ५९ वर्षीय वीरबहादुर खत्रीलाई एक्कासी चट्याङ लागेको थियो।चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पाङ स्वास्थ्य चौकी लगिएको थियो। उपचारकै क्रममा राति करिब ९:०० बजे खत्रीको मृत्यु भएको हो।