SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

देउवाको आगमन, कांग्रेस समीकरणमा जोड–घटाउ

काठमाडौं :  कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते राति उपचारका लागि ‘सुटुक्क’ सिंगापुर प्रस्थान गरे। एकातिर सत्ताबाट विमुख, अर्कोतिर पार्टी राजनीतिबाट ‘किनारा’ मा परेका देउवाको सिंगापुर प्रस्थानले राजनीतिमा अनेक प्रश्न उब्जाएका थिए। त्यसमाथि सम्पत्ति शुद्धीकरणलगायतमा छानबिन र सरकारबाट पक्राउ गरिने हल्ला चलाइएको थियो।