SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध मुग्लिङ–काठमाडौं सडक ६ घण्टापछि पुनः सञ्चालनमा

धादिङ: धादिङको थाक्रे गाउँपालिका–६, आठकिलोमा खसेको पहिरो करिब ६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा आएको छ  । शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका विभिन्न स्थानमा सवारीसाधनहरू रोकिएका थिए।