SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

विद्युत् बिक्री आम्दानी बढेपछि भिजन लुम्बिनी ऊर्जा नाफामा

काठमाडौं : विद्युत् बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएपछि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड नाफामा गएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १० करोड ५ लाख रुपैयाँ खुद नोक्सानीमा थियो। एक वर्षको अवधिमा कम्पनीको नाफा-नोक्सानीमा करिब १९ करोड रुपैयाँको सुधार देखिएको हो।