SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिसमक्ष बारको अपिल– संवैधानिक वैधताको निरन्तरता कायम गरी राष्ट्रिय सरकार गठन गरियोस्

काठमाडौं : नेपाल बार एशोसिएशनले संवैधानिक वैधताको निरन्तरता कायम गरी राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अपिल गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै बारले आन्दोलनकारी शक्तिहरूले सरकार परिवर्तनको इच्छा राखेको र सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकाले संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनाभित्र रहेर सरकार गठन गर्न आग्रह गरेको हो।