संसद र संविधानभित्रबाटै समाधान खोज्न मोर्चाको अपील
काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले हालै जेन जेड युवा पुस्ताले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित गरेको आन्दोलनमा सरकारले अपनाएको दमनकारी नीतिप्रति आपत्ति जनाएको छ।मोर्चाले बिहीबार जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता र शक्तिको दम्भ देखाउँदै आन्दोलनरत युवामाथि गोली प्रहार गरी युवाहरूको हत्या गरेको र हजारौंलाई घाइते बनाएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारको हिंसात्मक कार्यले मुलुकमा ठूलो धन–जनको क्षति भएको छ।
