संवैधानिक व्यवस्थाबाटै निकास खोज्न राष्ट्रपतिसँग महासंघको अपील
काठमाडौं : नेपाल पत्रकार महासंघले संविधानबमोजिम राष्ट्रपतिबाटै सरकार गठन गरी ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आह्वान गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माद्वारा जारी विज्ञप्तिमा हालको जटिल परिस्थितिबाट देशलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। महासंघका अनुसार राष्ट्रपतिले वार्ताका लागि पहल गरिसकेका छन् भने अब सरकार गठनको प्रक्रिया पनि राष्ट्रपतिबाटै अगाडि बढ्नुपर्छ।
