रास्वापले भन्यो- जेन्जीद्वारा प्रस्तावित प्रधानमन्त्री उम्मेदवारप्रति हाम्रो समर्थन रहन्छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले जेन्जीले प्रस्ताव गर्ने प्रधानमन्त्रीको उम्मेदवार आफूहरूलाई मान्य हुने बताएको छ। पार्टीका कावा सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गरेर जेन्जीद्वारा प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारप्रति आफूहरूको समर्थन रहने जानकारी दिएका हुन्। 'सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ।
