SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा रगतको अभाव भएमा १११५ मा फोन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।   आज भएको प्रदर्शनमा घाइतेको उपचारका क्रममा रगतको अभाव हुन नदिन मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न हेल्लो स्वास्थ्य निःशुल्क कल सेन्टर १११५ रातभर सञ्चालनमा गर्ने भएको छ।