कांग्रेस बैठकबाट 'राजीनामा दिन्छु' भन्दै बालुवाटार हिंडे गृहमन्त्री लेखक
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सहभागी नेताहरूले गृहमन्त्री लेखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको हो।सहभागी एक नेताका अनुसार सभापति देउवाले पनि मार्ग प्रशस्त गरिदिन गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन्। 'सभापतिसहित सहभागी नेताहरूले गृहमन्त्रीज्युलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्नुभएको छ।
