SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झापामा भोलि विद्यालय बन्द

झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भोलि विद्यालय बन्दको आह्वान गरेको छ। जेनजी समूहको आन्दोलनपश्चात् काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा  उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै भोलि मंगलबारका एक दिनका लागि प्याब्सन झापा अन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूको पठनपाठन स्थगित गरिने निर्णय भएको विज्ञप्ति प्रकाशन गरी जनाएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभरमा १९ जनाको ज्यान गएको छ। आन्दोलनको क्रममा सयौं घाइते भएका छन्।