SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

यत्रो मानवीय नरसंहार भइसकेपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका छन्। जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने बताएका हुन्।'यत्रो मानवीय नरसंहार भइसकेपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु,' अन्नपूर्णसँगको कुराकानीमा उनले भने।यसअघि कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए।