SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको असर: विराटनगरका शैक्षिक संस्थामा २ दिन बिदा

विराटनगर : जेनजी पुस्ताको आन्दोलनको असर शैक्षिक संस्थामा देखिएको छ। आन्दोलनका कारण विराटनगरका शैक्षिक संस्था २ दिन बिदा गर्ने निर्णय भएको छ। क्याम्पसहरु मंगलबार र बुधबार बिदा गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सोमबारको प्रदर्शनमा विद्यार्थीहरु शैक्षिक संस्थाकै पोसाकमा सहभागी भएका थिए। प्रजिअ यादवका अनुसार सरोकारवालाहरुको बैठकले शैक्षिक संस्था २ दिन बिदा दिने निर्णय गरेको हो। क्याम्पसहरु २ दिन र विद्यालयमा १ दिन बिदा दिने निर्णय भएको उनले बताए।