SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झापाको बिर्तामोडमा कर्फ्यु

झापा : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्ला तोकेर आज राति साढे ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए।