संयुक्त राष्ट्रसंघले भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकारको सुनिश्चित गर्नू
काठमाडौं : संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले प्रजातान्त्रिक अधिकारको प्रयोग गर्ने कुरा सुनिश्चित आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्ता बताएकी हुन्। उनले भनिन्,ʻनागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु।
