SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनमा भएको घटनाका विषयमा छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। छानबिन समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकले तय गर्ने निर्णय भएको स्रोतको भनाइ छ। जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ।