SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नेपाल र बंगलादेश बीच हुने दोस्रो खेल स्थगित

काठमाडौं : सोमबार देशभर भएको जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीच हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै देशमा हाल देखा परेको अवस्थालाई मध्यनजर गरी खेल स्थगित गरिएको बताएको छ। यसले फुटबल समर्थकमा परेको असुविधाप्रति भने एन्फाले क्षमाप्राथी माग्दै एक विज्ञप्ति सार्वजनिक गरेको हो। नेपाल र बंगलादेश बीचको पहिलो खेल शून्य बराबरीमा सकिएको थियो।