SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नुवाकोटको विभिन्न स्थानमा प्रदर्शन

नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा सरकारको विरोध गर्दै सोमबार प्रदर्शन भएको छ। जेनजी समूहले  नुवाकोटको व्यस्त बट्टार लगायतका स्थानमा नारा जुलुस प्रदर्शन गरिएका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध बट्टार, छहरे लगायतका स्थानमा प्रदर्शन भएको हो। पर्यटकीय तथा धार्मिक नगरी नुवाकोटमा भ्रष्टाचार, अव्यवस्था नियन्त्रण गरिनुपर्ने माग गर्दै नयाँ पुस्ताले नारा जुलुस गरेका हुन्।