बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
झापा : बिर्तामोडपछि जिल्ला प्रशासन कार्यालय झापाले दमकमा कर्फ्यु लगाएको छ। जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा रतुवा खोला, पश्चिममा डिपो रोड, उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा पूर्व पश्चिम राजमार्ग बाट ३ किलोमिटर र दक्षिणसम्म आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए।
