SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

चीनमा किम जोङले छोएका सबै बस्तु गरियो सफा, पुटिनले पिसाब र दिसा पनि लगे रुस

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन हवाई यात्रा गर्दैनन् भन्ने सबैलाई थाहा छ। उनी चीनको विजय परेडमा भाग लिन विशेष रेलबाट आएका थिए। तर किमको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि एउटा भिडियो बाहिर आएको छ। यसले सबैलाई स्तब्ध बनायो। भिडियोमा उत्तर कोरियाली कर्मचारीहरूले पुटिनसँगको भेटमा किम जोङ उनले छोएका चीनका हरेक वस्तु सफा गरिरहेका देखिन्छन्।  बुधबार बेइजिङमा आयोजित भव्य सैन्य परेडपछि उत्तर कोरिया र रुसका नेताहरू भेट्दा यो दृश्य देखिएको हो।