SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

संविधानविरोधी गतिविधि भइरहेको प्रचण्डको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रविरुद्ध प्रतिक्रियावादी शक्तिहरूबाट षड्यन्त्र भइरहेकाले एकताबद्ध हुन आग्रह गरेका छन्।बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै प्रचण्डले माओवादी क्रान्तिबाट प्राप्त भएका उपलब्धिहरूमाथि विभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै क्रान्तिको उपलब्धिको रक्षाका साथै समाजवादतर्फ देशलाई डोराउन एकताबद्ध हुनुपर्ने बताए।