ब्लू कर्पोरेशनले ल्यायो चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’
काठमाडौं : एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ। नजिकिँदै गरेको दसैँ-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर ग्राहकले गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट पाउने छन्। विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए।
