डिशहोमले “मेलुङ थकाली”सँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत आफ्नो सबै आउटलेटहरूमा विशेष सुविधा उपलब्ध गराउने
काठमाडौं : डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत “मेलुङ थकाली”सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन्।मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ। अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।
