SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

नवनियुक्त आइजीपी खापुङद्वारा आइजीपी थापासहित एआइजीद्वय गिरी र तामाङको बिदाइ

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले सेवा निवृत्त भएका आइजीपी दीपक थापा र एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङको बिदाइ गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलाई बिदाइ गरिएको हो।नवनियुक्त आइजीपी खापुङले वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको र नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको बताए।