SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु

काठमाडौं : भारतको मध्य प्रदेशस्थित सबैभन्दा ठुलो सरकारी अस्पतालमा मुसाले टोकेर दुई नवजात शिशुको मृत्यु भएको घटना बाहिरिएको छ।  अगस्ट २४ मा इन्दौरको महाराजा यशवंतराव अस्पताल (एमवाईएच)मा १० दिनकी बालिका (गुडिया–सांकेतिक नाम)लाई उनको परिवारले त्यागेको थियो।अगस्ट ३१ मा गुडियालाई सबैभन्दा सुरक्षित र संवेदनशील वार्ड मानिने एनआईसीयू वार्डमा मुसाले टोकेको र सेप्टेम्बर २ मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।बुधबार अर्का नवजात शिशु (रोशन–सांकेतिक नाम)को पनि मृत्यु भएको छ।