बारामा पनि हैजा संक्रमण पुष्टि
वीरगन्ज : बारामा भने हैजा संक्रमण पुष्टि भएको छ। महागढीमाई नगरपालिका-८ का दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको हो। बारामा हैजा प्रभावित वीरगन्जसँग ‘ट्राभल्स हिस्ट्री’ नभएका दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए।उनका अनुसार झाडापखाला लागेर भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा ल्याइएका एकै टोलका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडीटी टेष्ट गर्दा हैजाको संक्रमण पुष्टि भएको हो।
