बाढीले बगाउँदा एक बालिकाको मृत्यु, तीन घाइते
नुवाकोट : विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाउँदा नुवाकोटको चिलाउनेगाउँमा एक स्कुले छात्राको मृत्यु भएको छ। यस्तै तीन जना घाइते भएका छन्। तादी गाउँपालिका–२ चिलाउनेगाउँस्थित चिलाउने आधारभूत विद्यालयबाट बुधबार घर फर्कने क्रममा स्थानीय चिलाउने खोलाले बगाएर एक कालिकाको मृत्यु भएको वडाध्यक्ष वच्चुराम तामाङले जानकारी दिए। उनका अनुसार कक्षा १ मा अध्ययनरत ६ वर्षीय सुशीकला तामाङको घटनास्थलमै मृत्यु भएको हो।
