सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन पढाइ, विद्यार्थीको आकर्षण बढ्दो
इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट तथा ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको अध्ययन–अध्यापन सुरु गरेको छ। रोजगारमुखी विषय सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।
