SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

गलैंचादेखि प्लाइउड उद्योगसम्मका समस्या समाधान गर्न प्रधानमन्त्रीको सक्रियता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले उद्योगी–व्यवसायीका व्यावहारिक समस्या सम्बोधन गर्दै आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गरिने स्पष्ट पारे।