SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

काठमाडौं :  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।