पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद शाह सर्वोच्चमा
कपिलवस्तु, ०५ साउन । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कपिलवस्तु जिल्ला अदालतले यसअघि कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ ।
