मनकामना सामुदायिक वन र नेपाल टेलिकमद्वारा गुरुकुललाई ५ लाख बराबरको सहयोग
असार ३१,कपिलवस्तु। बाणगंगा नगरपालिका–२ नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुलम (आवासीय) का बटुकहरूका लागि विभिन्न संस्थाले खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेका छन्। मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा–२ नन्दनगरले करिब ४ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री गुरुकुललाई हस्तान्तरण गरेको उपाध्यक्ष पुस्कर घिमिरेले जानकारी दिएका छन् ।
