सीमा सुरक्षा र तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन एआईजी पोखरेलको निर्देशन
असार २९ , कपिलवस्तु । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सरकारले अवलम्बन गरेको ‘शून्य सहनशीलता’ नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
