SHARE
पालिका पत्र · बिहीबार ३२ असार २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

स्थापना दिवसमा उद्योग व्यापार संघ कपिलवस्तुद्वारा कपिलधामलाई खाद्यान्न सहयोग

कपिलवस्तु । नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामलाई दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ। संघका अध्यक्ष टोपनारायण बेल्वासेले महासंघको स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी समाजप्रति उत्तरदायी हुने उद्देश्यले सहयोग प्रदान गरिएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र