श्रृंगीघाट सामुदायिक वनद्वारा महिलालाई ई–रिक्सा हस्तान्तरण
कपिलवस्तु, ३२ असार । श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत विपन्न तथा जेहेन्दार महिलालाई २५ प्रतिशत लागत साझेदारीमा ई–रिक्सा हस्तान्तरण गरेको छ। कार्यक्रमअन्तर्गत कपिलवस्तुको गजेहडा निवासी मीना कुमारी रेशमी बगालेलाई अनुदानमा ई–रिक्सा प्रदान गरिएको हो।
