SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

हेटौंडामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालकको ज्यान गयो

हेटौंडा– मकवानपुरको हेटौंडामा साथीहरूसँग पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेका हेटौंडा–१७ का १४ वर्षीय युकेश राईको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो करिब १:१५ बजे साथीहरूसँग पौडी खेलिरहेका बेला युकेश अचानक पानीमा डुबेर बेपत्ता भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी