सरकारसँग पंगा लिँदै दानबहादुर कार्की, पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयतिरै देखाए औंला
काठमाण्डु –सरकारले पदबाट हटाउन लागेको चर्चाबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सरकारबीचको सम्बन्ध थप तनावपूर्ण देखिएको छ । समाचारको स्रोत खोज्ने भन्दै प्रहरीले शुक्रबार साँझ सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता अस्वीकार गरेको छ । तर, प्रहरी प्रवक्ताले भने प्रधानमन्त्री कार्यालयकै चासोका आधारमा पत्रकारहरूसँग सोधपुछ गरिएको स्पष्टीकरण दिएका छन् ।
