मेडिकल सर्भिस टुरिजम प्रवर्द्धन गर्न कार्यदल गठन गरिने
काठमाण्डु – सरकारले नेपाललाई क्षेत्रीय मेडिकल हबका रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो।
