टियू क्रिकेट मैदान जलमग्न, आजको खेल अन्योलमा (तस्विरहरू)
काठमाण्डु – दुई दिनदेखि लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदानमा पानी जमेको छ। मैदानमा पानी जमेका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार दिउँसो २ बजेसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।
