जापानका लागि प्रस्तावित राजदूत थापाको नाम अस्वीकृत हुने करिब निश्चित
काठमाण्डु– संघीय संसदको सार्वजनिक सुनुवाई समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम अस्वीकृत गर्ने करिब निश्चितजस्तै भएको छ । त्यसबारे निर्णय लिन सोमबार अपराह्न सिंहदरबारमा समिति बैठक बोलाइएको छ । समितिले जापानको स्थायी आवासीय अनुममति (पीआर) त्यागेको विवरण उपलब्ध गराउन थापालाई भनेको थियो । तर, थापाले हालसम्म विवरण बुझाएका छैनन् ।
